‘महिलाको घरपरिवारदेखि सार्वजनिक स्थलसम्मको सुरक्षा महत्त्वपूर्ण’ « Khabarhub

‘महिलाको घरपरिवारदेखि सार्वजनिक स्थलसम्मको सुरक्षा महत्त्वपूर्ण’


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले सबै उमेर समूहका महिलाको घरपरिवारदेखि सार्वजनिक स्थलसम्मको सुरक्षा महत्त्वपूर्ण रहेको बताएका छन् । उनले महिलासँगै विशेष गरी बालिकाहरूको समस्या विशेष रूपमा सम्बोधन गर्नुपर्ने अवस्था रहेको समेत उल्लेख गरे । 

राष्ट्रिय महिला आयोगको २३औँ स्थापना दिवस तथा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सुडीले भने, ‘लैङ्गिक हिंसाको जोखिममा महिलाहरू परिरहने र हिंसाकै कारण सशक्तीकरणको पक्ष ओझेल पर्दा राष्ट्रिय लक्ष्यहरू पूरा गर्नमा अवरोध खडा भएका छन् ।’

उनले अधिकारको प्रत्याभूतिबाट नै समानता हासिल हुने उल्लेख गर्दै महिलाका मुद्दाहरूलाई मुख्य प्राथमिकताका रूपमा उठान गर्दै आएको बताए।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले देशभित्रबाट मात्र नभई विदेशमा रहने नेपाली महिलाका विषय पनि आयोगले सम्बोधन गरिदिनुपर्छ भन्ने अपेक्षा रहेको बताइन् । उनले त्यसका लागि सबैको सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिन् । 

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले परम्परागत सोच र रुढीवाढी प्रथा हट्दै गएमा समानता र महिला सशक्तीकरण हुँदै जाने बताए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महिला आयोगले सिफारिस गरेका महिलाका मुद्दालाई कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने, ‘यो सबै महिलाको आयोग हो । यसले उठान गरेका मुद्दामा गम्भीर हुन जरुरी छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ४ : ५९ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल