भूकम्पपीडितलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली « Khabarhub

भूकम्पपीडितलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपीडितहरूलाई तत्काल राहत पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भूकम्प पीडितलाई तत्काल राहत पुर्‍याउने   बताएका हुन् ।  

आइतबार नै जाजरकोट, रुकुम पश्चिम र सल्यानमा कार्यालय स्थापना गरेर भूकम्प पीडितका लागि काम सुरु गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आइतबार नै गृहमन्त्री आएर कार्यालय स्थापना गर्दै हुनुहुन्छ,’ उनले भने, ‘पीडितलाई स्थानीस्तरबाटै राहत उपलब्ध गराउने लक्ष्य सरकारको छ ।’ 

प्रधानमन्त्री ओलीले भूकम्प पीडितका नाममा केही बेथिति भएको बताए । ‘जाजरकोटमा सबै घर ४८ हजार छैनन्, पहिलो किस्ता ४८ हजारलाई बाँड्यौँ,’ उनले भने, ‘यो बेतिथि हो, यस्ता घटनाहरूलाई अवसरको रूपमा लिनु हुँदैन ।’

प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री’ जोडिएका सबै कार्यक्रमको नाम परिवर्तन गर्ने बताए । उनले प्रधानमन्त्री लेखिएको ठाउँमा ‘राष्ट्रिय’ शब्द राखिने बताए । 

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत प्रधानमन्त्री शब्द जोडिएका नाम हटाएर राष्ट्रिय राख्ने तयारी छ,’ उनले भने,‘अब प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दै छु,’ 

प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका नाममा, मेयर–अध्यक्षको नाममा कार्यक्रम राख्न जरुरी नरहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ०७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली