लोडसेडिङबारे ऊर्जामन्त्रीको भनाइमा प्राधिकरण कर्मचारीको विरोध « Khabarhub

लोडसेडिङबारे ऊर्जामन्त्रीको भनाइमा प्राधिकरण कर्मचारीको विरोध


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्य भारतका कारणले भएको भनेर दिएको अभिव्यक्तिप्रति नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले विरोध जनाएका छन् । 

नेपाल विद्युत् प्राधिकरण अन्तर्गत क्रियाशील रहेका कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले बिहीबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उर्जामन्त्री खड्काको भनाइको विरोध गरेका हुन् ।

कर्मचारी संगठनहरूले सरकारको योजना, व्यवस्थापनको क्रियाशीलता, विद्युत् प्राधिकरणका कर्मचारीहरूको मेहनत र जनताको सुझबुझपूर्ण व्यवहारका कारण भएको लोडसेडिङ अन्त्यलाई नेपालको कारणले नभएको भनेर दिइएको अभिव्यक्ति सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान भएको बताएका छन् ।

‘साथै जिम्मेवार पदाधिकारीहरूबाट व्यक्त विद्युत् प्राधिकरणको नाफा केवल कागजी नाफा हो भन्ने वक्तव्यले सिंगो विद्युत् प्राधिकरणको लेखा प्रणाली, प्राधिकरण सञ्चालक समितिबाट पास भएको वित्तीय प्रतिवेदन र महालेखापरीक्षकको प्रतिवेदनलाई समेत खण्डित गरेको छ । यस्तो झुट र भ्रामक तथ्य सम्मानित सदनमा समेत प्रस्तुत गरिनु आफैँमा दुःखदायी छ’, विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी संगठनहरूले मन्त्रालयबाट कर्मचारीको नामै किटान गरी सरुवा गर्नु भन्ने निर्देशन दिने जस्तो कार्यलाई समर्थन नगरेको आधारमा संस्था प्रमुखलाई हतोत्साहित गर्ने र आम कर्मचारीको मनोबल कमजोर हुने गरी पटक–पटक स्पष्टीकरण सोधेर उज्यालो समृद्ध नेपालको अभियानमा अवरोध सृजना गरेको प्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् ।

उर्जामन्त्री दीपक खड्काले बिहीबार संसदमा नेपालको लोडसेडिङ अन्त्यको जस भारतलाई दिनुपर्ने भन्दै धारणा राखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको