नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी

डेबिट कार्डबाट महिनामा ४ लाखसम्म झिक्न पाइने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८१ जारी गरेको छ । विद्युतीय भुक्तानी कार्ड सञ्चालन, दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालन, इ–मनी (वालेट) सेटलमेन्ट, विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा, इलेक्ट्रोनिक चेक क्लियरिङ लगायत १ दर्जन बढी विषयमा नयाँ निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकबाट जारी निर्देशनमा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड र डेबिट कार्डबाट प्रतिकारोबार क्रमशः १० र २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था गरेको छ । साथै, क्रेडिट कार्डबाट भने प्रतिकारोबारमा तोकिएको सीमाको १० प्रतिशत सम्म झिक्न पाइने व्यवस्था निर्देशनमा उल्लेख छ ।

त्यस्तै प्रिपेड कार्डबाट प्रतिदिन २० हजार र प्रतिमहिना २ लाख र डेबिट कार्डबाट प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाइने निर्देशनमा उल्लेख छ । क्रेडिट कार्डको प्रतिदिन र प्रतिमहिना कारोबार सीमा भने सीमा तोकिएको रकमको १० प्रतिशत हुने छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८१ को पूर्णपाठ :

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५२ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक