नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी « Khabarhub

नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सम्बन्धी निर्देशन जारी

डेबिट कार्डबाट महिनामा ४ लाखसम्म झिक्न पाइने


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८१ जारी गरेको छ । विद्युतीय भुक्तानी कार्ड सञ्चालन, दूरसञ्चार सञ्जालमार्फत स्वदेशी मुद्रामा भुक्तानी सेवा सञ्चालन, इ–मनी (वालेट) सेटलमेन्ट, विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा, इलेक्ट्रोनिक चेक क्लियरिङ लगायत १ दर्जन बढी विषयमा नयाँ निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकबाट जारी निर्देशनमा बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड र डेबिट कार्डबाट प्रतिकारोबार क्रमशः १० र २५ हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था गरेको छ । साथै, क्रेडिट कार्डबाट भने प्रतिकारोबारमा तोकिएको सीमाको १० प्रतिशत सम्म झिक्न पाइने व्यवस्था निर्देशनमा उल्लेख छ ।

त्यस्तै प्रिपेड कार्डबाट प्रतिदिन २० हजार र प्रतिमहिना २ लाख र डेबिट कार्डबाट प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न पाइने निर्देशनमा उल्लेख छ । क्रेडिट कार्डको प्रतिदिन र प्रतिमहिना कारोबार सीमा भने सीमा तोकिएको रकमको १० प्रतिशत हुने छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८१ को पूर्णपाठ :

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ६ : ५२ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले