मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी « Khabarhub

मोरङ एमालेमा संस्थापनलाई झट्का, ढकालको प्यानलबाट अध्यक्षसहित पाँचै पदाधिकारी विजयी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् ।

शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो।

ढकाल पक्षको प्यानलबाट चुनावी मैदानमा उत्रिएका पाँचैजना पदाधिकारीले जित निकालेका छन्।

निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ । परिणामअनुसार ढकाल पक्षका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मतसहित जित निकालेका छन् ।

अध्यक्ष ओली, महासचिव पोखरेल, स्थायी कमिटी सदस्यहरू शेरधन राई र हिक्मत कार्कीकोसमेत साथ पाएका संस्थापन पक्षीय राजकुमार ओझाले ४०७ मत ल्याएका छन् ।

उपाध्यक्षमा ढकाल पक्षकै प्यानलबाट सागर थापाले ४२२ मतसहित बाजी मारेका छन् । उता संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१ मत ल्याइन् ।

सचिवमा पनि ढकाल पक्षको प्यानलका सोमराज थापाले ४६२ मतसहित जित निकाले । संस्थापनका रविन थापाले ३६८ मतसहित हार ब्यहोरे ।

उपसचिवमा पनि ढकाल पक्षीय प्यानलका सन्तोष बान्तवाले ४९० ल्याएर बाजी मारे । संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ मतसहित पराजित भए । उता महिला सचिवमा पनि ढकाल समूहकी उषा झाले ४१८ मतसहित विजयी भइन् । संस्थापनकी शिल्पा कार्कीले ४०५ मतसहित हार भोगिन् ।

अध्यक्ष
अजम्बर राई : ४४६ विनोद ढकाल समूह
राजकुमार ओझा : ४०७ केपी ओली समूह

उपाध्यक्ष
सागर थापा : ४२२ विनोद ढकाल समूह
शान्ति लिम्बू भुजेल : ३९१ केपी ओली समूह

सचिव
सोमराज थापा : ४६२ विनोद ढकाल समूह
रविन थापा : ३६८ केपी ओली समूह

उपसचिव
सन्तोष वान्तवा : ४९० विनोद ढकाल समूह
इर्जालाल राजवशीं : ३११ केपी ओली समूह

उपसचिव महिला
उषा झा : ४१८ विनोद ढकाल समूह
शिल्पा कार्की : ४०५ केपी ओली समूह

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ०८ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई