महानगरले भन्यो : धर्मका नाममा गुण्डागर्दी भयो « Khabarhub

महानगरले भन्यो : धर्मका नाममा गुण्डागर्दी भयो


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

पोखरा । मानव सेवा फाउन्डेसनले अनुमति बिना कोटीहोम गर्न खोज्दा पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा असहज परिस्थिति सिर्जना भएको छ। उच्च अदालत पोखरामा विचाराधीन रहेको कोटीहोमसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न पोखरा महानगरपालिकाले अनुरोध गर्दै आएको अवस्थामा जबरजस्ती भूमिपूजन गर्न खोजिएपछि झडपसमेत भएको छ ।

महानगरपालिकाका जनप्रतिनिधिहरूले शुक्रबार कार्यक्रम स्थगन गर्न आग्रह गर्दा अटेर गर्दै अघि बढाइएकाले यो स्थानीय सरकारको क्षेत्राधिकार उल्लङ्घन भएको महानगरले जनाएको छ। धर्मको नाममा गुण्डागर्दी शैली अपनाउँदै बाहिरी व्यक्तिहरूलाई समेत ल्याई हतियारसहित आक्रमण गर्न खोजिएको महानगरले आरोप लगाएको छ ।

विवादास्पद छविका विजय भण्डारीको नेतृत्वमा परिचालित समूहको आक्रमणबाट ११ जना महानगर प्रहरी घाइते भएका छन्। टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेका घाइतेहरूको पोखराका मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

महानगरले धार्मिक सहिष्णुतालाई भड्काउने, समाजलाई विभाजित गर्ने र शान्ति खलबल्याउने नियतले गरिएको यो कार्य कानुनी रूपमा दण्डनीय रहेको स्पष्ट पारेको छ। मानव सेवा फाउन्डेसनले वैशाखबाट कोटीहोम गर्ने बताउँदै आए पनि यथास्थितिमा त्यो हुन नसक्ने पोखरा महानगरपालिकाले स्पष्ट पारेको छ।

महानगरले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारवाही गर्न प्रशासनसमक्ष माग गरेको छ। साथै, ऐतिहासिक महत्वका चौतारीमा रहेका सयौँ वर्ष पुराना वरपीपलका रुखहरू मास्ने कार्यमा समेत संलग्न फाउन्डेसनका गतिविधि कानुन विपरीत भएकाले रोक्न सबैलाई आग्रह गरेको छ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जारी गरेको विज्ञप्तिमा महानगर क्षेत्रभित्रका सबै धर्म र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, कानुन विपरीतका कुनै पनि कार्य नगर्न/नगराउन सम्बन्धित सबैलाई चेतावनी दिइएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ४९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि