बुटवल पावरले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

बुटवल पावरले हकप्रद शेयर जारी गर्ने 


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यस अघि घोषणा गरेको एफपीओ निष्कासन नगरी हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव हरि बहादुर बुढाथोकीले जानकारी दिएका छन् । 

बुढाथोकीका अनुसार कम्पनीको गत बिहीबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । 

कम्पनीको एक करोड कित्ता शेयर प्रति शेयर १०० का दरले एफपीओ निष्कासनको प्रक्रियामा रहेको थियो । तर कम्पनीले त्यसलाई रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त हकप्रद विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभामा पेस गर्ने बुढाथोकीले जानकारी दिएका छन् । 

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ बराबरको रहेको छ । प्रस्तावित हकप्रद शेयर रकम १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ हुन आउने छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ३७ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा