प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा वरिष्ठ पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उनकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

“हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,” प्रधानमन्त्री ओलीले लेखेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा गएराति ९७ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १२ : ५१ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको