भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ « Khabarhub

भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो रविलाई, भने- अदालतप्रति सम्मान छ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा कारागारमा चलान गरिएको छ ।

गोर्खा मिडिया नेट्वर्क प्रालिका तत्कालीन प्रबन्धक निर्देशक लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट भएको थुनामा पठाउने आदेशपछि काठमाडौंबाट पक्राउ गरेर भैरहवा कारागार चलान गरिएको हो।

जिल्ला कारागार कार्यालय प्रमुख सुरेश भण्डारीले उनलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा राखिएको बताए । जहाँ रविलाई अलग्गै र एक्लै बस्ने गरी ४ नम्बर ब्लकमा कोठाको बन्दोबस्त गरिएको छ ।

भैरहवा कारागार चलान भएपछि लामिछानेले अदालतको आदेशप्रति सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रविसहित भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी रहेका छन् ।

प्रशासनले कारागारको थुनुवा कक्षतर्फ लाने क्रममा अदालतको आदेशबारे केही भन्नु हुन्छ भनेर सोधेका थिए । जवाफमा उनले भने, ‘केही भन्नु छैन,सम्मान छ ।’

‘कारागारका चार ब्लकमध्ये रविलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘उहाँलाई अहिले एक्लै राखिएको छ। सिंगल ब्लकमा बस्ने व्यवस्था मिलाइएको छ । यदि कैदीबन्दी बढेमा उहाँसँगै बस्ने गरी उक्त ब्लकमा थप्नुपर्ने हुनसक्छ ।’

रविलाई बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत गएको थियो । उता लामिछानेले पनि धरौटी होइन साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च अदातलको ढोका ढक्ढक्याएका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले गत शुक्रबार जिल्लाको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश थियो थियो ।

उता उनका सहकर्मी एवम् पूर्वडीआईजी छविलाल जोशीको हकमा भने उच्च अदालतले जिल्लाको आदेश कायम गर्दै थुनामै राख्ने आदेश दिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  २ : ०५ बजे

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ– आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा