‘कल्ली’ को सुटिङ सेटबाट बाहिरियो अर्पणको चरित्र खुल्ने तस्बिर « Khabarhub

‘कल्ली’ को सुटिङ सेटबाट बाहिरियो अर्पणको चरित्र खुल्ने तस्बिर


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक उत्तम प्रधानको कम ब्याक फिल्म ‘कल्ली’ को जुम्लामा छायाङ्कन जारी छ । पहिलो चरणको छायाङ्कन काठमाडौंमा सकेर निर्देशक लक्ष्मण सुनारको टोली दुई साताअघि जुम्ला पुगेको हो ।

निर्माता किरण नेपालीका अनुसार यो फिल्मको छायाङ्कन अबको एक सातामा पूरा हुनेछ ।

यस फिल्ममा उत्तमसहित नायकहरू सौगात मल्ल, अर्पण थापा, नाजिर हुसेन, नायिकाहरू बेनिशा हमाल, र वर्षा राउत शीर्ष भूमिकामा छन् ।

छायाङ्कन स्थल जुम्लाबाट नायक अर्पण थापाले फिल्ममा निर्वाह गर्ने चरित्र खुल्ने तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिरले फिल्ममा अर्पणले पश्चिमी भेगका ग्रामीण धनाढ्यको भूमिका निर्वाह गरेको सङ्केत गर्छ ।

अर्पणले दौरा सुरुवालमा र शीरमा पगरी लगाएका छन् । एक तस्बिरमा उनी ढल्किएर हुक्काको आनन्द लिइरहेका छन् भने उनको खुट्टा एक युवतीले मिचिरहेको देखिन्छ ।

अर्पणको यो तस्बिर निर्माण पक्षले नै सार्वजनिक गरेको हो । अर्पणले फिल्ममा निर्वाह गरेको भूमिकाबारे पनि अहिलेसम्म खुलाएको छैन । तर, छायाङ्कनकै क्रममा उनको तस्बिर सार्वजनिक भएको हो ।

तथापि, अर्पणले यसअघि निर्वाह गरेको चरित्रभन्दा यो बिल्कुलै फरक छ । दर्शकलाई फिल्म र अर्पणको चरित्रबारे कुतूहल प्रदान गर्ने उद्देश्यले निर्माण पक्षले तस्बिर सार्वजनिक गरेको हुनसक्छ ।

यस फिल्मको प्रदर्शन मिति पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ ।

फिल्मको लेखक मेहश दवाडी हुन् । यही फिल्मबाट नायक उत्तम प्रधान १३ वर्षपछि अभिनयमा फर्कदै छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्