गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य « Khabarhub

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षीय कार्यकाल सकाएर घर फर्किएका छन् ।

गभर्नर अधिकारी घर गएपछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.३३ अंकले घटेको छ । सरकारले गभर्नर नियुक्त गर्ने भन्ने चर्चाबीच सोमबार नेप्से १.२३ प्रतिशतले घटेर २६७० विन्दुमा पुगेको हो ।

आज बजार राताम्य हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ७१२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज बसैभन्दा बढी ट्रेडिङ समूह ३.३० प्रतिशतले घटेर ४६३७.९३ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१९ विन्दुमा आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ३ : ११ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट