चितवनकाे पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो « Khabarhub

चितवनकाे पाँच हजार हेक्टर वनक्षेत्रमा डढेलो


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाको वन क्षेत्रमध्ये ५ हजार ४२० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयको क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा उक्त डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यस कार्यालय मातहतमा चार हजार २२० हेक्टर वनमा डढेलो लागेको छ । वनको मातहतमा रहेको करिब ५७ हजार हेक्टर वनमध्ये सो क्षेत्रफलमा डढेलो लागेको हो । समुदायले वनमा झाडी भयो भनेर डढेलो लगाउने गरेको उनले बताए ।

सूचना अधिकारी पौडेलले भने, “डढेलो लगाइरहेका छन् । तर नियन्त्रणमा आएको छैन ।” डढेलो नियन्त्रणका लागि सचेतना जगाउने काम भइरहेको भए पनि अझै डढेलो लगाउने चलनमा कमी आउन नसकेको उनले बताए । वन क्षेत्रमा लगाइएको डढेलोका कारण वन्यजन्तुलाई समेत असर पारेको उनले बताए ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक हजार २०० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलो लागेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

उनका अनुसार निकुञ्ज क्षेत्रमा ८०० हेक्टर र मध्यवर्ती क्षेत्रमा ४०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डढेलो लागेको सूचना आएलगत्तै निकुञ्ज र नेपाली सेनाको टोलीले आगो निभाउने काम गरेको भए पनि दाउराघाँस काट्न जाने समुदायले आगो लगाउने गर्दा समस्या हुने गरेको उनले बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : २२ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार