अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं छन् ।

उनलाई सोमाबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दक्षिण ढोकाबाट पक्राउ गरेको हो । अर्कैले प्लटिङ गरेको जग्गालाई आफ्नो भनी ४५ लाख ५० हजार रुपैयाँ बैना समेत लिएर उनी फरार भएको थिए । उनले पीडितलाई सस्तो राम्रो मूल्यमा घडेरी रहेको, घर बनाउन पनि मिल्ने पछि बेचे राम्रो मूल्यमा आउँछ भनि प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चौलागाईंविरुद्ध यसअघि पनि जिल्ला प्रहरी परिसर तथा मातहतका बिभिन्न प्रहरी कार्यालयहरुबाट जम्मा ८ वटा ठगी तथा बैंकिङ कसूर सम्बन्धी मुद्दाहरु रहेका पाइएको छ । जसमा एक करोड ६४ लाख ८५ हजार बिगो रहेको पाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ९ : ५४ बजे

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

गण्डकी– कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

काठमाडौं – नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर– पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रेड बुल तपाईँको स्वास्थ्यको लागि कति खराब छ ?

काठमाडौं– सधैँ दौडधुप भइरहने आजको संसारमा रेड बुल जस्ता इनर्जी