आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २४ गते बुधबारको राशिफल


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २४ गते बुधबार। वैशाख शुक्ल पक्षको दशमी तिथि। राष्ट्रिय पत्रकारिता दिवस । किरात समाज सुधार दिवस। तदनुसार सन् २०२५ मे ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। गुरुको सेवा गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजमा सम्मान प्रप्त गर्ने योग छ।

वृष : तपाईंका लागि दिन राम्रो छ। तपाईंले बनाएका योजना सफल हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले मन तान्ने देखिन्छ।

मिथुन : राज्यको तर्फबाट त्रास बढ्ने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्नेछ। जुनसुकै क्षेत्रमा मिहिनेत धेरै गर्दामात्र सफलता मिल्नेछ। सामाजिक क्षेत्र विवाद हुने जोखिम छ।

कर्कट : फलफूलको व्यापारबाट फाइदा हुनेछ। आज समाजले तपाईंलाई सम्मान गर्नेछ। पारिवारिकसँगको भेटले दिन रमाइलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन सामान्य छ। दैनिक काममा परिवारको बोझ थपिनेछ। आज तपाईंले जुनसुकै काम गर्दा पनि मिहिनेत गर्नुपर्ने छ। परिवारमा वादविवाद हुनसक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

कन्या : दिन राम्रो छ। ग्रह अनुकुल रहेका छन्। अप्ठेरो अवस्थामा विपक्षीलाई सँगसँगै लिएर काम गर्नु राम्रो हुनेछ। पारिवासँगको सम्बन्धमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : विरोधीसँग सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ। अन्य क्षेत्रमा संकट भए पनि स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने छ। पुराना योजना सफल बन्नेछन्। विपक्षीले असहयोग गर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।

धनु : दिन समान्य छ। ठुलो योजना सुरु नगर्नु राम्रो हुनेछ। गुरुसँग सल्लाह लिएर शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। आफूले आफूलाई नै मूल्यांकन गर्नु राम्रो हुनेछ। ग्रह प्रतिकुल रहेकाले काम गर्दा सकारात्मक हुनुपर्ने छ। परिवारमा थोरै बोल्दा आफ्नो जित हुनेछ।

कुम्भ : थोरै बोलेर मिहिनेत धेरै गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा लगानी भए राम्रो उपलब्धि प्राप्त हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको श्रमबाट फाइदा हुनेछ।

मीन : धार्मिक कार्यमा सहभागी भएर दैनिक काम गर्नु राम्रो हुनेछ। पुरानो लगानी भए शिक्षा र स्वास्थ्यमा ठुलो उपलब्धि हात लाग्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहला।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ०६ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग