भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ? « Khabarhub

भारतको आक्रमणपछि पाकिस्तानले के भन्यो ?


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ ।

पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ ।

भारतीय सेनाले भने पाकिस्तानी आक्रमणबाट कश्मिरमा ३ भारतीयको ज्यान गएको जनाएको छ । यस्तै, भारत अधिनस्थ कश्मिरका सबै विद्यालय र कलेज बन्द गरिएका छन् ।

भारतले आक्रमण गरेपछि पाकिस्तानी सञ्चारमाध्यम र पाकिस्तानी सरकारबाट तीन फरक–फरक प्रतिक्रिया सार्वजनिक भएका छन् ।

पहिलो– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले जियो टिभीसँगको कुराकानीमा भारतले उसकै सीमाबाट आक्रमण गरेको बताए ।

‘भारतले आफ्नो हवाई सीमाबाट पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ, जुन सिधै नागरिक क्षेत्रहरूमा खसेका छन्’, उनले भने ।

दोस्रो– आक्रमणका क्रममा पाकिस्तानी सेनाले ५ वटा भारतीय लडाकु विमानहरू खसालेका पाकिस्तानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

मस्जिदहरूलाई पनि निशाना बनाइएको समाचारमा दाबी गरिएको छ । पाकिस्तानले एलओसी नजिकैका भारतीय चेकपोस्टहरू ध्वस्त पारेको समाचारमा जनाइएको छ ।

तेस्रो– भारतको हवाई आक्रमणपछि पाकिस्तानले स्थान र मृतकको सङ्ख्याबारे विभिन्न दाबीहरू गरेको छ । सुरूमा राति २ बजे पाँच ठाउँमा आक्रमण भएको थियो, जहाँ ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यसको तीन घण्टापछि बिहान ५ बजे इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमणमा ८ जना नागरिक मारिएको बताए । उनले ३५ जना घाइते भएको पनि जनाएका छन् ।

उनका अनुसार भारतले ६ फरक–फरक स्थानहरूमा २४ वटा मिसाइल प्रहार गरेको छ । पीओके र पाकिस्तानका बस्तीहरूलाई लक्षित गरिएको उनको दाबी थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३९ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित