करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ « Khabarhub

करिब २ सय किलोग्राम गाँजासहित तीन जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– खैरहनी नगरपालिका-३ टुंगाराबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्रामसहित तीन जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी मधुवन बस्ने ४० वर्षीय बिरेश यादव, राप्ती नगरपालिका-१२ बस्ने ४७ वर्षीय चन्द्रबहादुर तामाङ र २५ वर्षीय सुभाष तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले बिआर ०५ जीसी ९५१३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक बिरेश तथा ट्रकमा सवार चन्द्रबहादुर र सुभाषलाईसमेत पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : ४४ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम