‘जलाकी’ को छायाङ्कन नसक्दै उपासनाको हातमा ‘सुम्निमा’ « Khabarhub

‘जलाकी’ को छायाङ्कन नसक्दै उपासनाको हातमा ‘सुम्निमा’


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपसना सिंह ठकुरीको व्यस्तता बढ्दो छ । गत वर्ष उनको फिल्म ‘खुस्मा’ हिट बन्यो । वर्षको अन्तिममा फिल्म ‘कर्मा’ प्रदर्शनमा आयो । ‘खुस्मा’ हिट हुँदा ‘कर्मा’ भने फ्लप भयो । तर, उपासनाको हातमा फिल्मको कमी छैन ।

‘खुस्मा’ का निर्देशक अशोककुमार थापाको अर्को फिल्म ‘जलाकी’ मा उपासना अनुबन्ध भएकी छन् । फिल्मकाे पहिलो चरणको छायाङ्कन पूरा भएको छ । ‘खुस्मा’ मा रुचाइएको उपासना र धिरजको जोडी दर्शकले ‘जलाकी’ मा पनि देख्न पाउने छन् ।

‘जलाकी’ को छायाङ्कन पूरा नहुँदै उपासनाको हातमा अर्को फिल्म आइपुगेको छ । निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘सुम्निमा’ मा उनी अनुबन्ध भएकी हुन् । निर्देशक चाम्सले बुधबार सामाजिक सञ्जालमार्फत् उपासना फिल्ममा आबद्ध भएको जानकारी दिएका हुन् ।

गत फागुनमा प्रदर्शनमा आएको फिल्म ‘अञ्जिला’ हिट भएपछि निर्देशक चाम्सले नयाँ फिल्म बनाउने तयारी थालेका हुन् । यस फिल्ममा शीर्ष कलाकारमा उपासना मात्रै अनुबन्ध भएकी छन् ।

बेलायतमै बस्ने २० देखि २६ वर्ष उमेर समूहको नायकको खोजीमा चाम्स छन् । अडिसनमार्फत् नायक खोज्ने तयारीमा छन् ।

आगामी जुलाईबाट प्रेम कथामा आधारित यस फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताएको छ । यसको छायाङ्कन बेलायतमा हुने बताइएको छ । चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका लेखक राजीव थापा हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ४७ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३