जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु  « Khabarhub

जैस-ए-मोहम्मदका प्रमुख मसुदको परिवारका १० सहित १४ जनाको मृत्यु 


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गरेको सैन्य कारबाहीमा पाकिस्तानी चरमपन्थी संगठन जैस-ए-मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको छ । 

जैस-ए-मोहम्मदले बुधबार बयान जारी गर्दै भारतीय सैनय कारबाहीमा संगठन प्रमुख मसुदकी दिदी-भिनाजु, भतिजा-भतिजीसहित परिवारका पाँच बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ । 

उक्त संगठनले उक्त आक्रमणमा मसुद अजहरका तीन सहयोगी र ती सहयोगी मध्येका एक सहयोगीकी आमाको पनि मृत्यु भएको बीबीसी हिन्दीको अनलाइन संस्करणमा समाचार छ । 

बीबीसीका अनुसार पाकिस्तानको बहावलपुरमा सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा परी मसुद अजहरका नातेदारहरूको मृत्यु भएको हो । 

सन् २०१९ पेब्रअरीमा जैस-ए-मोहम्मदले जम्मु-कश्मिरमा गरेको आत्मघाती बम विष्फोटमा ४० भारतीय सैनिकको मृत्यु भएको थियो । 

बुधबार बिहान भारतीय सेनाका कर्णेल सोफिया कुरेसीले ‘प्रेस ब्रिफिङ’का क्रममा भारतीय सशस्त्र बलले मे ६–७ को राती १ बजेर ५ मिनेटपछि साढे १ घण्टा ‘अपरेसन सिन्दुर’ सञ्चालन गरेको थियो । 

पाकिस्तानले उक्त आक्रमणमा २६ पाकिस्तानी नागरिकको मृत्यु र ४६ नागरिक घाइते भएका पुष्टि गरेको छ । भारतले पनि नियन्त्रण रेखामा सीमा पारीबाट भएको आक्रमणबाट १० भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएका जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  २ : ३३ बजे

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।