प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन « Khabarhub

प्रधानमन्त्री ओलीले भने- नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो भएन


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको बताएका छन् । 

गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिहरूलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन् ।

उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे । प्रधानमन्त्री ओलीले निरङ्कुश कालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रह्मले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे ।

मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि दिएको गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने र झुटलाई सही भनेर फैलाउने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्व अध्यक्ष विजय चालिसेलगायत उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए । 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : २९ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम