‘आखाँ’ की अभिनेतृले साइन गरिन् नयाँ फिल्म « Khabarhub

‘आखाँ’ की अभिनेतृले साइन गरिन् नयाँ फिल्म


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको असोजमा प्रदर्शनमा आएको फिल्म ‘आँखा’ की नायिका स्मिता लामिछानेले नयाँ फिल्म साइन गरेकी छन् । अनिल बूढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’ मा उनी अनुबन्ध भएकी हुन् ।

स्मिताको जन्मदिनको अवसर पारेर फिल्म निर्माण पक्षले बुधबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो । उनी शीर्ष मध्यको एक भूमिकामा अनुबन्ध भएको बताइएको छ ।

यो फिल्ममा यसअघि नै नायक दयाहाङ राई र डान्सर तेरिया मगर अनुबन्ध भइसकेका छन् । ‘मितज्यू’ गत वर्ष प्रदर्शनमा आएको हिट फिल्म ‘घर ज्वाइँ’ टिमले निर्माण गर्न लागेको हो ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनमा बन्ने यो फिल्मको लेखक महेश राई हुन् । फिल्मको प्रदर्शन मिति आगामी चैत २७ लाई तोकिएको छ ।

स्मिता लामिछाने निर्मात्रीसमेत हुन् । उनले फिल्म ‘१२ सत्ताई’ बाट डेब्यू गरेकी हुन् । उनी मुख्य भूमिकामा रहने फिल्म ‘म राजेश हमाल’ भने प्रदर्शनमा आएको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ३८ बजे

बालेन र्‍यापर हुँदै मुलुकको कार्यकारी प्रमुखसम्म

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ शुक्रबार नेपालको ४३ औँ प्रधानमन्त्रीमा नियुक्त

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३