संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध « Khabarhub

संघीय लोकतान्त्रिक मोर्चाको निर्णय : पहलगाम हमलाको निन्दा, रेशम चौधरी गिरफ्तारीको विरोध


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाले गत वैशाख ९ गते भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

बैठकले उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै आतंकवाद विरुद्धका सबै प्रकारका संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ।

बैठकले उक्त घटनामा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना भारतीय पर्यटकको हत्या भएको उल्लेख गर्दै यसलाई मानवता विरोधी जघन्य अपराधको संज्ञा दिएको छ।

मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै मोर्चाले न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेखका लागि नेपाल सरकारसँग माग गरेको छ।

त्यसैगरी, बैठकले २०८२ वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई गरिएको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ ।

मोर्चाले उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्न माग गरेको छ।

बैठकले विभिन्न आन्दोलनका क्रममा जेलमा रहेका राजबन्दीको विनाशर्त रिहाइ र झूठा मुद्दा खारेज गर्न सरकारसँग माग गरेको छ।

मधेश आन्दोलन, किराँत–लिम्बुवान आन्दोलनलगायत आन्दोलनका क्रममा लगाइएका मुद्दा तत्काल फिर्ता लिनुपर्ने धारणा बैठकले व्यक्त गरेको छ।

मोर्चाले सरकारले आन्दोलनरत पक्षहरूसँग अघिल्लो समयमा गरेका सम्झौता अझै कार्यान्वयन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्न पनि माग गरेको छ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ७ : ३९ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर