प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ « Khabarhub

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको रकमसहित दुई जनालाई गएराति पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भारत कोलकाता–६ डिनाथ रोड यादवपुर घर भई हाल काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त तथा रुपन्देही, देवदह नगरपालिका घर भई चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्ने ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरीले कामपा–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रितपूर्वक खानतलासी गर्दा हुन्डीको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।”

पक्राउ परेकाहरुलाई उक्त रकम र बरामद गरिएका सामानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : २९ बजे

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रिय सभाको २०औँ अधिवेशन सुरू

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको