आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित « Khabarhub

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर – सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको उत्कृष्ट महिला उद्यमी घोषित भएका छन् । न्यु विजिनेस एजद्वारा आज राजधानीमा आयोजित पाँचौँ ‘न्यु विजनेश एज समिट एण्ड अवार्डस्–२०२५’ मा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

छनोटअनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशबाट चप्पल उद्यमी इन्दिरा रेग्मी, कर्णाली प्रदेशबाट ‘कर्लाणी एग्रो उद्योग’की कलशा देवी चौलागाईं, लुम्बिनी प्रदेशबाट ‘प्रेमनिशा अल्लो धागो उद्योग’की प्रेमकुमारी पुन, गण्डकी प्रदेशबाट ‘रक्षा चापागाईं स्टोर’की रजनी शर्मा चपाईं, बागमती प्रदेशबाट नुवाकोटको ‘अमात्य स्टोर’की गीता अमात्य, मधेस प्रदेशबाट पर्साको ‘मध्य नेपाल प्रेस’की कविता खड्का, साथै कोशी प्रदेशबाट ‘ग्रीन सिटी इलाम ललीपप उद्योग’की दीपा गुरुङले उत्कृष्ट महिला उद्यमीको पुरस्कार प्राप्त गरेका छन् ।

यो अवार्ड उद्यमशीलतामा सक्रिय महिला उद्यमीलाई प्रोत्साहन गर्न सन् २०२१ देखि विभिन्न छ विधामा प्रदान गरिँदै आएको छ । यस वर्षको प्रविधि महिलातर्फको अवार्ड ‘जनरल टेक्नोलोजी प्राली’की सुनयना पाण्डेले प्राप्त गरेका छन् ।

त्यसैगरी व्यवसायी महिलातर्फको अवार्ड ‘सिद्धार्थ आर्ट ग्यालरी’की सङ्गीता थापाले र युवा महिला व्यवसायी विधामा एबी एग्रो कि केश्मा थापाले, प्रेरणादायी महिला उद्यमीतर्फ ‘युनिक सेवा गार्मेन्टस्’की गङ्गा छन्त्यालले अवार्ड प्राप्त गरेका छन् ।

‘नमुना सिलाइ’की संस्थापक ज्ञानी शोभा तुलाधरले महिला उद्यमतर्फ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गरे । आयोजक संस्थाका अनुसार विभिन्न मापदण्डका आधारमा देशभर सक्रिय दुई हजार बढी महिला उद्यमीमध्येबाट पाँच सदस्यीय निर्णायक मण्डलमार्फत उत्कृष्ट महिला उद्यमी छानिएका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले कानुन बनाएर मात्र महिला र पुरुषबीच समानता नहुने बताए । व्यावसायिक क्षेत्रमा लैङ्गिक समानता प्राप्त गर्नमा बाधा रहेको उनको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्यममा महिला सहभागिता बढाउन तीन तहकै सरकारमार्फत महिला मैत्री नीति तथा व्यवस्थापन गर्न थालिएको बताए । कार्यक्रममा महिला उद्यमका समग्र अवस्था, चुनौती र भविष्यका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ९ : ३६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी