जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान « Khabarhub

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले प्लेनबाट जलिरहेको प्यारासुटसहित १६ पटक जम्प गरेर कीर्तिमान राखेका हुन् ।

गिनिज वल्र्ड रेकडमा ‘जलिरहेको प्यारासुटबाट धेरै जम्प गर्ने व्यक्ति’ टमको नाम दर्ता भएको हो ।

सात हजार पाँच सय फिटको उचाइबाट उनको यो सहासिक कार्य गरेको बताइएको छ । एक प्यारासुट जलेपछि उनी अर्कोको सहयोगमा जमिनमा सकुसल उत्रिएको बताइएको छ ।

उनले यो कार्य आगामी फिल्म ‘मिसन : इम्पोसिबल – द फाइनल रेकनिङ’ छायाङ्कनका क्रममा गरेका हुन् ।

गिनिज वल्र्ड रेकर्डको वेभसाइटले बिहीबार टमले विश्व कीर्तिमान राखेको एक सामाग्री पनि प्रकाशन गरेको छ ।

हलिउड नायक टम यस्तै साहासिक स्टन्टका लागि परिचित छन् । ‘मिसन इम्पोसिबल’ सिक्वेलका उनी शीर्ष नायक हुन् । उनी दर्जनौं हिट फिल्हरु छन् ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ७ : २९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५