नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद « Khabarhub

नेपालगञ्जमा धुमधामले मनाइयो बकर इद


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज यहाँस्थित विपी चोकको इदगाहमा धुमधामले मनाइएको छ । 

इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ । इदगाहभित्रको स्थान साँघुरो भएका कारण अधिकांश इदगाह बाहिर सडकमा बसेर नवाज पढेको देखिन्थ्यो ।

बिहानै स्नान गरेर नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने र नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले जानकारी दिए। 
 
उनले यसको विशेषता भनेकै गरिब समुदायको उत्थान भएको उल्लेख गर्दै कुर्बान अर्थात् बलि गरिएको मासुलाई तीन भागमा विभाजन गरेर इष्टमित्र, आफन्तजन र गरिब, विपन्न समुदायलाई वितरण गरिने बताए। हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा सो पर्व मनाउन थालिएको हो ।

नेपालगञ्जका स्थानीय हलिम खानले मुस्लिम समुदायको उक्त पर्वको ऐतिहासिक घटनाक्रम रहेको उल्लेख गर्दै कुर्बान गर्ने प्रचलनसँग यसलाई जोडेर हेर्न मिल्ने बताए। धार्मिक मान्यताअनुसार अल्लाहका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो ।

जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जन्नत)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । त्यसैले अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ । निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । 

कुर्बान गरेको मासु तीन भागमा वितरण हुने गरेको छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको छ । 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १२ : २१ बजे

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती