कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस् | Khabarhub Khabarhub

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय कार्यसमितिको म्याद थप्नुको कारणबारे पदाधिकारीसमक्ष प्रश्न गर्न आग्रह गरेका छन् । 

भक्तपुरको लोकन्थलीमा शनिबार कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेखि पदाधिकारीहरूलाई एक वर्ष समयावधि थप्नुको कारणबारे प्रश्न गर्न आग्रह गरेका हुन् । 

‘तपाईंहरूले पदाधिकारीहरूलाई प्रश्न गर्नुस्, के कारणले थप्ने भनेर, प्रश्न किन गर्न सक्नुहुन्न तपाईंहरू ?,’ नेता कोइरालाले भने, ‘तपाईंहरू गइरहनुहुन्छ, भेटिरहनुहुन्छ सभापतिलगायत पदाधिकारीहरूलाई, किन तपाईंहरूले अधिवेशन गर्न सकिरहनुभएको छैन ? भनेर सोध्नु पर्‍यो ।’

उनले चार वर्षभित्रै पार्टीको महाधिवेशन हुनुपर्छ भनेर सबैले भन्नुपर्नेमा जोड दिए । ‘समयमा अधिवेशन हुनुपर्छ भनेर हामीहरूले भनौँ,’ कोइरालाले भने, ‘त्यो समय भनेको चार वर्ष हो भन्ने कुरा पनि भन्नुपर्छ ।’

नेता कोइरालाले अहिलेकै जसरी पार्टी सञ्चालन गर्दै गए कांग्रेस र कांग्रेसका नेता–कार्यकर्ताहरूको भविष्य कमजोर हुने पनि बताए ।

 ‘सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ,’ उनले भने, ‘तपाईंहरू कमजोर हुनुहुन्छ ।’

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ३६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि