कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस् « Khabarhub

कांग्रेस कार्यकर्ताको प्रश्नः समयमै अधिवेशन किन हुँदैन ? शेखरले भने– पदाधिकारीलाई सोध्नुस्


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता–कार्यकर्ताहरूलाई केन्द्रीय कार्यसमितिको म्याद थप्नुको कारणबारे पदाधिकारीसमक्ष प्रश्न गर्न आग्रह गरेका छन् । 

भक्तपुरको लोकन्थलीमा शनिबार कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सभापतिदेखि पदाधिकारीहरूलाई एक वर्ष समयावधि थप्नुको कारणबारे प्रश्न गर्न आग्रह गरेका हुन् । 

‘तपाईंहरूले पदाधिकारीहरूलाई प्रश्न गर्नुस्, के कारणले थप्ने भनेर, प्रश्न किन गर्न सक्नुहुन्न तपाईंहरू ?,’ नेता कोइरालाले भने, ‘तपाईंहरू गइरहनुहुन्छ, भेटिरहनुहुन्छ सभापतिलगायत पदाधिकारीहरूलाई, किन तपाईंहरूले अधिवेशन गर्न सकिरहनुभएको छैन ? भनेर सोध्नु पर्‍यो ।’

उनले चार वर्षभित्रै पार्टीको महाधिवेशन हुनुपर्छ भनेर सबैले भन्नुपर्नेमा जोड दिए । ‘समयमा अधिवेशन हुनुपर्छ भनेर हामीहरूले भनौँ,’ कोइरालाले भने, ‘त्यो समय भनेको चार वर्ष हो भन्ने कुरा पनि भन्नुपर्छ ।’

नेता कोइरालाले अहिलेकै जसरी पार्टी सञ्चालन गर्दै गए कांग्रेस र कांग्रेसका नेता–कार्यकर्ताहरूको भविष्य कमजोर हुने पनि बताए ।

 ‘सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ,’ उनले भने, ‘तपाईंहरू कमजोर हुनुहुन्छ ।’

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ३६ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी