सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद | Khabarhub Khabarhub

सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए । 

सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई  आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १ : ५५ बजे

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई

हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु

तेहरान – साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज