सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद « Khabarhub

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा सद्भावसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो । हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको  जानकारहरू बताउँछन् ।  

नजिकको प्यारो चीज कुर्वान (बलिदान) दिन अल्लाहको आदेश भए बमोजिम इब्राहिमले छोरा इस्माइल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाहले परीक्षामा उत्तीर्ण भएको भन्दै प्रसन्न भई त्यसलाई रोकेको मुस्लिम धर्मावलम्बीको विश्वास छ । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेको इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। 

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । गृह मन्त्रालयले आउनजान हवाई टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ  । यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गरेका छन् । 

कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताए।

 यसैअनुसार आज पहिलो दिनको बकर इद मनाइएको छ । मुस्लिम धर्मावलम्बीले आजदेखि तीन दिनसम्म अर्थात् सोमबारसम्म यो पर्व मनाउने जनाइएको छ । बकर इदका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
 

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ५ : ५८ बजे

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले