राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल « Khabarhub

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन् ।

एमाले ओखलढुङ्गाको लिखु–काठमाडौँ सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छ भने त्यो एमाले हो । त्यसैले पार्टीमाथि आक्रमणको प्रयास भइरहेको छ । पार्टी आर्थिक विकास र समृद्धिका ‘एजेन्डा’ बोकेर अघि बढिरहेको छ, तर नेपाल आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू विरुद्धमा लागिरहेको छन् ।”

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी हशर्मा ओलीको अभिव्यक्तिका कारण एमालेविरुद्ध प्रहार नभएको उनको भनाइ थियो । एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताए ।

सोही अवसरमा मञ्चद्वारा प्रकाशित कम्युनिष्ट आन्दोलनको एकीकृत उपहार ‘लिखु सङ्गालो’ वरिष्ठ पोखरेलले उक्त विमोचन गरे । मञ्चका अध्यक्ष पूर्ण खड्काले पुस्तकमा कम्युनिष्ट आन्दोलनसम्बन्धी ६० जनाको लेखरचना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १० : ५८ बजे

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति

कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङ– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई