सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा « Khabarhub

सरकार छाडेपछि रेशमले भेटे प्रधानमन्त्री, रञ्जिता प्रतिपक्षी बेन्चमा


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धन सरकार छाडेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार मध्यान्ह भेट गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि चौधरीले सोमबार मध्यान्ह बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेका हुन् ।

चौधरीले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा एक्लै भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिनुको कारणबारे जानकारी गराएका छन् ।

नाउपाले आइतबार मात्रै संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसअघि नै सुदूरपश्चिम सरकार पनि नाउपाले छाडेको छ ।

सरकार छाडेको जानकारी आइतबार नै नाउपाले सभामुखलाई दिइसकेको छ। त्यसपछि सोमबार मात्रै प्रतिनिधिसभाको बैठकमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिपक्षी बेञ्चमा बसेकी छन् ।

सुदूरपश्चिम सरकारबाट मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि तनाव बढेको हो। त्यहीकारण नाउपाको कांग्रेस–एमालेसँगको सम्बन्ध बिग्रिएको छ ।

चौधरीले सोमबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने तयारी गरेका छन्। नाउपा बाहिरिएसँगै संविधान संशोधन गर्ने वर्तमान सरकारको योजनामा धक्का लागेको छ । उता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पनि सरकार छाड्न खुट्टा उचालेर बसेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ३ : ३८ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको