गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ? « Khabarhub

गृहमन्त्रीलाई प्रभु साहको प्रश्न- तपाईँको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य प्रभु साहले सुरक्षा निकायका सिपाहीहरूलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले नेतादेखि प्रहरी अधिकृतहरूका घरमा सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाएका हुन् । 

‘सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीहरूलाई घरेलु काममा लगाइएको छ,’ सांसद साहले भने, ‘बन्दुक देश र जनताको सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरूलाई नेताहरूको घरमा चाकडी गर्न लगाउँदा, प्रहरीकै उच्च ओहदाको व्यक्तिको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ भनेर प्रश्न गर्न चाहन्छु, म दुईतिहाइको सरकारलाई सोध्न चाहन्छु ।’

उनले गृहमन्त्री रमेश लेखकलाई कटाक्ष गर्दै गृह मन्त्रालयको कमान्ड सुरक्षा निकायमा भए–नभएको बारे पनि प्रश्न गरे ।

 ‘माननीय गृहमन्त्रीसँग सोध्न चाहन्छु– के तपाईंहरूको कमान्डमा सुरक्षा निकाय छ कि छैन ?,’ साहले प्रश्न गरे, ‘तपाईंहरूको सरकार कानुनअनुसार चल्छ कि चल्दैन ? कानुनअनुसार चल्छ भने यस्तो अमानवीय व्यवहार कसरी भइरहेको छ ?’

उनले प्रहरीका डीआईजीभन्दा माथिल्लो पदमा रहेका अधिकृतहरूका घरदेखि सांसदका सवारी साधन चलाउनेदेखि घरको काममा  सिपाहीलाई लगाइएको दाबी गरे । 

‘डीआईजीभन्दा माथि सबै अफिसरको घरमा ड्राइभर पनि प्रहरी जवान हुने, घरको काम गर्ने पनि प्रहरी जवान हुने, नेताज्यूहरू पनि हेरिहेरी,’ सांसद साहले भने, ‘यो संसद्मा भएका कयौँ सांसदहरू गाडी पनि प्रहरीले चलाइरहेका छन् । अहिलेको मौजुदा कानुनले मिल्छ कि मिल्दैन ?’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : १९ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण