निजामती विधेयकमा भएको चलखेल छानबिन गर्न विशेष समिति गठन  « Khabarhub

निजामती विधेयकमा भएको चलखेल छानबिन गर्न विशेष समिति गठन 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले समिति गठनको घोषणा गरेका हुन् । 

समितिमा नेपाली सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई र प्रमुख प्रतिपक्षी माओवादीसहित अन्य दुई दलबाट एक–एक जना सांसदलाई छानबिन विशेष समितिमा राखिएको छ । 

समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।  

सभामुख घिमिरेको सचिवालयले विशेष समितिलाई २१ दिनको समयावधि दिइएको जनाएको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत पारित गरेको ‘कुलिङ पिरियड’को व्यवस्था हटाइएपछि समिति गठन भएको हो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ३२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर