बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ « Khabarhub

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शाह पक्राउ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाह पूर्वे पक्राउ परेका छन् । 

उनलाई किर्ते तथा जलसाजी मुद्दामा अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुण बहादुर सिंहले जानकारी दिए । शाहलाई जनकपुरधामबाटै नियन्त्रणमा लिएको डिएसपी सिंहले बताए ।

अध्यक्ष शाहले बृहत्तरका कार्यकारी निर्देशक बैजनाथ पासमानको किर्ते हस्ताक्षर गरेको आरोप छ ।

अध्यक्ष शाहले कार्यकारी निर्देशक पासमानको हस्ताक्षर गरी बृहत्तरका केही कर्मचारीलाई हटाइएको पत्र उच्च अदालतमा पेश गरेका थिए । 

तर सो हस्ताक्षर आफ्नो नभएको उल्लेख गर्दै पासमानले अदालत र प्रहरीमा निवेदन दिएका थिए । पासमानको निवेदनको आधारमा विधि विज्ञान प्रयोगशालाबाट हस्ताक्षर जाँच हुँदा साहले किर्ते जालसाजी गरेको ठहर भएको धनुषा प्रहरी स्रोतले जनाएको छ

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ५ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली