कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु « Khabarhub

कांग्रेस नेताहरूलाई देउवाको जवाफ- छोड् भन्दैमा छोड्ने मान्छे होइन म, अप्ठ्यारो छु


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई जवाफ फर्काएका छन् ।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन पाउने अधिकार रहेको स्मरण गराएका हुन् ।

‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ । नेपालको पार्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो,’ बैठकस्थलबाट प्राप्त छोटो अडियोमा सभापति देउवाले भनेका छन्, ‘नेपालको संविधानको कुरा गरेको हो मैले । संविधान मान्ने मान्छे हो ।’

अडियोमा देउवाले ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो । म छोड् भनेर छोड्ने मान्छे होइन । म अप्ठ्यारो मान्छे हो है’ भनेको पनि सुनिन्छ । उनले यसो भन्दै गर्दा कांग्रेसको बैठक कक्षमा हाँसोको फोहरा नै छुटेको अडियो क्लिपमा सुनिन्छ ।

सभापति देउवाले उक्त जवाफ कुन प्रसंगमा दिएका हुन् भन्ने खुलेको छैन । तर, स्रोतका अनुसार उनले महामन्त्री विश्वप्रकाश शर्मालाई उक्त जवाफ दिएका हुन् ।

‘महामन्त्रीले बैठकमा सभापतिलाई अभिभाकत्व निर्वाह गर्न आग्रह गर्नुभएको थियो,’ बैठकमा सहभागी स्रोतको भनाइ छ, ‘उहाँ बोलेर फर्किँदै गर्दा सभापति बोल्नु भएको हो ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : २७ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण