विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ | Khabarhub Khabarhub

विश्वप्रकाशले भने- देउवालाई थप सहयोग गरेर कांग्रेसलाई व्यवस्थित बनाऊँ


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वलाई थप सहयोग गरेर आफूहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले सभापति देउवालाई थप सहयोग गरेर महामन्त्रीहरूले पार्टीलाई व्यवस्थित गर्न चाहेको बताएका हुन् । महामन्त्री शर्माले सभापति देउवाबाट आफूहरूले सहयोग पाउँदै आएको प्रसंग पनि बैठकमा सुनाए ।

‘आदरणीय समापतिज्यूले सबै कुरामा हामीसँग संवाद गर्दैगर्दा, महामन्त्रीहरूसँग बस्दै गर्दा, विभागहरू बनाउँदै गर्दा ‘तयार गर्नुस्, म तयार छु’ जहिले भन्दै आउनुभएको छ,’ उनले भने, ‘यसमा हामी थप सहयोग गरेर सभापतिज्यूको नेतृत्वलाई गर्न चाहन्छौँ । र गरेर व्यवस्थित गर्न चाहन्छौँ ।’

महामन्त्री शर्माले सभापति देउवासमक्ष सह-महामन्त्रीहरूलाई पनि जिम्मेवारी तोकिदिन आग्रह गरे । यद्यपि, सह-महामन्त्रीहरूलाई पार्टीले जिम्मेवारी नदिएको भन्ने विषय भने सत्य नभएको पनि प्रष्ट्याए ।

‘आदरणीय सभापतिज्यूले सल्लाह गरेर सह-महामन्त्रीज्यूहरूलाई पनि जिम्मेवारी तोक्ने कुरामा जाऔँ । यद्यपि, सभापतिज्यू सह-महामन्त्रीज्यूहरूलाई केही जिम्मेवारी नै नदिएको भन्ने कोणबाट पनि बुझिदिनु भएन,’ शर्माले भने ।

उनका अनुसार कुनै सहमहामन्त्रीले भ्रातृ संगठनको महाधिवेशनका लागि गठन गरिएको निर्देशन समिति र कुनै सह-महामन्त्रीले उपनिर्वाचनका बेला प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएको पनि बताए ।

‘कसैले निर्देशन समितिको संयोजकको जिम्मेवारी पाउनुभएको छ । कसैले उपचुनावको बेलामा प्रदेशलाई संयोजन गर्ने जिम्मेवराी पाउनुभएको छ,’ महामन्त्री शर्माले भने, तर, स्थायी रूपमा साथीहरूको के इच्छा हो, त्यसलाई पनि तोकौँ ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ०३ बजे

जेनजीले कुरा बुझ्न थाले म खुसी छुः प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी

सरेबुङ पासबाट सम्पर्कविहीन सबै पदयात्री सुरक्षित

मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा

डिजेलको मूल्य घट्यो, पेट्रोलको भने यथावत (सूचीसहित)

काठमाडौँ- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपाल