फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल « Khabarhub

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा हात हाल्ने भएका छन् । उनको डेब्यू लेखन र निर्देशनमा फिल्म ‘मैझारो’ बन्ने भएको हो ।

विल्सनले सोमबार फिल्म निर्माणको घोषणा गरेका हुन् । उनका अनुसार फिल्मको शीर्ष नायकमा धिरज मगर फाइनल भएका छन् ।

फिल्ममा अन्य कलाकार चयनको काम भने बाँकी रहेको उनले बताएका छन् । ‘मैझारो’ उनकै ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा बन्ने बताइएको छ ।

यो पनि : फागुन १ बन्यो प्राइम डेट : चार फिल्मको रिलिज-डेट सेट

फिल्मको छायाङ्कन इलाम र पाँचथरका विभिन्न स्थानमा गर्ने योजनामा रहेको विल्सनले बताएका छन् । पूर्वी पहाडको जीवनशैलीमा आधारितक कथामा यो फिल्म बन्ने उनले बताए ।

विल्सन टेलिसिरियल ‘मेरी बास्सै’ बाट चर्चामा आएका कलाकार हुन् । उक्त सिरियलमा उनले ‘तम्के बूढा’ को भूमिका निर्वाह गर्थे । त्यहीबाट उनी चर्चामा आएका हुन् ।

विल्सन ठूलो पर्दाको सहायक भूमिकामा पनि रुचाइएका कलाकार हुन् । उनले दर्जनौं फिल्ममा सहायक भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ७ : ०१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का