क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा  « Khabarhub

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी आत्तिनु पर्ने अवस्था नरहेको प्रष्टिकरण दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार उनले क्रियाशील सदस्यता नवीकरणबारे धारणा राख्ने क्रममा यस्तो प्रष्टिकरण दिएका हुन् । 

‘यो पटक हामीले प्रारम्भबाटै क्रियाशील सदस्यताका काम गर्दै जाऔँ भनेर सुरु गरेका हौँ । त्यस्तो आत्तिनु पर्ने अवस्था केही पनि होइन,’ महामन्त्री थापाले भने, ‘खाली के देखिएको छ भने पार्टीको अधिवेशनको तिथि, मिति घोषणा नभएको हुनाले गर्दा तल जुन गतिमा हुनपर्ने हो, त्यो गतिमा भएको छैन ।’

उनले यसअघि पार्टीले महाधिवेशनको तिथि, मिति घोषणा गरेपछिमात्रै क्रियाशील सदस्यतामा प्रवेश गर्ने परम्परा स्मरण गराउँदै क्रियाशील सदस्यताको बारेमा चिन्ता गर्नु स्वाभाविक भएको स्वीकार गरे । 

‘जबसम्म पार्टीले महाधिवेशनको तिथि, मिति घोषणा गरेन, त्यो बेलासम्म क्रियाशील सदस्यताको बारेमा प्रवेश गर्ने हाम्रो परम्परै थिएन,’ थापाले भने, ‘त्यसले क्रियाशील सदस्यताको बारेमा चिन्ता गर्ने कुरा स्वाभाविक छ, गर्नुपर्छ । यसको अरु थप काम गर्नुपर्ने छ ।’

महामन्त्री थापाले १४ औँ महाधिवेशनका क्रममा कांग्रेसले शतप्रतिशत क्रियाशील सदस्यता वितरण गर्दा सही ढंगले वितरण नगरेको आभाष आफूलाई भएको पनि बैठकमा जानकारी गराए ।

 ‘अघिल्लो पटक सय प्रतिशत क्रियाशील सदस्यता बाँड्दै गर्दा सही ढंगले वितरण गरेनौँ कि भन्ने कुरा पनि देखिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ४८ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण