दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा  | Khabarhub Khabarhub

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी केन्द्रीय कार्यसमिति बैठकबाट १५ औँ महाधिवेशनको तिथि, मिति तोकिने बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा धारणा राख्ने क्रममा उनले आगामी असोजतिर बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथि, मिति तोकिने बताएका हुन् । 

‘अब हामी असोज तिर, दशैं अगाडि पनि केन्द्रीय कार्यसमिति बैठक गर्नुपर्ने छ । त्यो बैठकबाट हामी पुरानो क्रियाशील सदस्यता लक (बन्द) गर्छौँ । नयाँ क्रियाशील सदस्यताका बारेमा निर्णय गर्छौँ,’ महामन्त्री थापाले भने, ‘पार्टीको अबको महासमिति वा विधान सम्मलेन जे भन्नुहुन्छ, त्यसका बारेमा हामी केही निर्णय गर्छौँ । पार्टी महाधिवेशनको तिथि, मिति हामीले तोक्नुपर्ने हुन्छ ।’ 

थापाले आगामी असोजमा तिथि, मिति तोकिएपछि कांग्रेस महाधिवेशनको यात्रामा अघि बढ्ने पनि बताए । उनले पार्टीका जिम्मेवार नेताहरूलाई महाधिवेशनबारे केही तयारी नभएको भनेर सार्वजनिक रुपमा गुनासो नगरिदिन पनि आग्रह गरे । 

‘त्यस पछाडि हामी महाधिवेशनको यात्रामा अगाडि बढ्छौँ,’ महामन्त्री थापाले भने, ‘त्यसैले महाधिवेशनको बारेमा काम भएको छैन, महाधिवेशनको बारेमा तयारी भएको छैन, महाधिवेशनको बारेमा केही पनि भएको छैन भन्ने कुरा पार्टीका जिम्मेवार साथीहरूलाई बाहिर नभनी दिन म आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ५७ बजे

एमाले विधान महाधिवेशनको चहलपहल (तस्बिरहरू)

काठमाडौं–  नेकपा (एमाले) को विचार दस्ताबेजमाथि छलफल गर्न शुक्रबारदेखि ललितपुरको

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक

निजामती सेवा दिवसका अवसरमा वृक्षरोपण

काठमाडौं– निजामती सेवा दिवस–२०८२ का अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ

एस. एस. राजामौलीको “एसएसएमबी २९” : १२० भन्दा बढी देशमा रिलिज हुने

काठमाडौं – भारतीय सुपरहिट निर्देशक एस. एस. राजामौलीले आफ्नो उत्कृष्ट

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द