ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया « Khabarhub

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत कर !


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ ।

ट्रम्पको सो निर्णय २१ दिनपछि लागु हुनेछ ।
भारतीय विदेश मन्त्रालयले यो निर्णयमा प्रतिक्रिया जनाउँदै करको निर्णय न्यायिक नभएको जनाएको छ । आफ्नो राष्ट्रिय स्वार्थ अनुसार काम गरिरहेका भारत र अन्य देशमा कर थोपरिनु गलत भएको ठहर भारतीय दूतावासको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा मारेका मान्छेको विषयमा भारतले चासो नदिएको आरोप लगाएका थिए । बुधबार नै ट्रम्पले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा गरेको काम अमेरिकी राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिको हिसाबले अत्यन्त संवेदनशील विषय भएको जनाएका छन्।

भारतले रुससँग तेल खरिद गरेर रुसले युक्रेनमा गरेको आक्रमण रोक्न गरेको प्रयासलाई पनि मतलब नगरेको ट्रम्पको आरोप छ। तेल र ग्यास रुसले सबै भन्दा धेरै निर्यात गर्छ । यसरी रुसले निर्यात गरेको तेल र ग्यास चीन, भारत र टर्कीले सबै भन्दा खरिद गर्छन् ।

यो निर्णयले अमेरिकी बजारमा समेत असर गर्न सक्छ । टेक्सटाइल, गहना, अटो मोबाइल सम्बन्धी सामग्री, गहना, सी फुड र धेरै रोजगारीको क्षेत्रमा यो निर्णयले असर गर्न सक्ने जनाइएको छ ।

भारतले भने यो निर्णयले स्थिर रहेको विश्व बजारमा नयाँ युद्धको सुरुवात गरेको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ३९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले