ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया « Khabarhub

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत कर !


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे बापत भारतीय सामानमा लगाइएको करमा २५ प्रतिशत वृद्धि गरेका छन् । सो बुद्धिसँगै भारतीय सामान माथिको करको दायरा ५० प्रतिशत भएको छ ।

ट्रम्पको सो निर्णय २१ दिनपछि लागु हुनेछ ।
भारतीय विदेश मन्त्रालयले यो निर्णयमा प्रतिक्रिया जनाउँदै करको निर्णय न्यायिक नभएको जनाएको छ । आफ्नो राष्ट्रिय स्वार्थ अनुसार काम गरिरहेका भारत र अन्य देशमा कर थोपरिनु गलत भएको ठहर भारतीय दूतावासको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले रुसले युक्रेनमा मारेका मान्छेको विषयमा भारतले चासो नदिएको आरोप लगाएका थिए । बुधबार नै ट्रम्पले विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा गरेको काम अमेरिकी राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिको हिसाबले अत्यन्त संवेदनशील विषय भएको जनाएका छन्।

भारतले रुससँग तेल खरिद गरेर रुसले युक्रेनमा गरेको आक्रमण रोक्न गरेको प्रयासलाई पनि मतलब नगरेको ट्रम्पको आरोप छ। तेल र ग्यास रुसले सबै भन्दा धेरै निर्यात गर्छ । यसरी रुसले निर्यात गरेको तेल र ग्यास चीन, भारत र टर्कीले सबै भन्दा खरिद गर्छन् ।

यो निर्णयले अमेरिकी बजारमा समेत असर गर्न सक्छ । टेक्सटाइल, गहना, अटो मोबाइल सम्बन्धी सामग्री, गहना, सी फुड र धेरै रोजगारीको क्षेत्रमा यो निर्णयले असर गर्न सक्ने जनाइएको छ ।

भारतले भने यो निर्णयले स्थिर रहेको विश्व बजारमा नयाँ युद्धको सुरुवात गरेको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ३९ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग