पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’ « Khabarhub

पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायत पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहज गन्तव्य बनेको हो ।

कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीय परिकारहरूको स्वाद लिँदै प्राकृतिको आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । चखेवा भञ्ज्याङ समुद्री सतहबाट दुई हजार ३५१ मिटर उचाइमा रहेको छ ।

चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रुपमा रहेकाले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको उनको भनाइ छ ।

भोजपुर र खोटाङको सिमानामा रहेको यो स्थानमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताए । उनले केन्द्र सरकारको करिब  तीन करोड लागतमा सङ्ग्रहालय निर्माणका लागि जग्गा खोजी भइरहेको जानकारी दिए ।

चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धनका लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भइरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् ।

स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उनको भनाइ छ । गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ । (रासस)

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ६ : ५३ बजे

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : यसै वर्ष ठेक्का आह्वान गरिने

खोटाङ– खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश