चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास « Khabarhub

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग चाँडै भेट गर्ने बताएका छन्। आफ्नो दूतको रुस भ्रमणको क्रममा भएको पुटिनसँगको भेटघाट सौहार्दपूर्ण भएपछि ट्रम्पले यस्तो बताएका हुन्।

रुसस्थित अमेरिकी दूतले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

यसअघि स्टिफ विटकोफसँगको वार्ताको विषय उठाउँदै क्रेमिलनले पनि सकारात्मक सम्भावना व्यक्त गरेको छ। ट्रम्पले युक्रेनसँग युद्ध विराम नगरे रुसमाथि लगाइने प्रतिबन्धको घोषणा गरेको एक दिनपछि सो भेटघाट भएको हो।

ट्रम्पले अमेरिकाका केही निकटस्थ युरोपेली देशसँग वार्ताको विषयमा सल्लाह गरेपछि सामाजिक सञ्जालमार्फत् यो कुरा सार्वजनिक गरेका हुन्।

हवाइट हाउसले रुसी नेतृत्व अहिले अमेरिकी राष्ट्रपतिसँग भेट्न तीव्र चाहनामा रहेको तथा अमेरिकी राष्ट्रपति पुटिन र जेलेन्सकी दुवैसँग भेट्न तयार भएको जनाएको छ।

युक्रेनी राष्ट्रपति जेलेन्सकीले अमेरिकी राष्ट्रपतिको दूतसँग भेट भएपछि यसको बारे युरोपेली साझेदार देशलाई जानकारी गराएका थिए।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : ५२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले