ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला « Khabarhub

ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा लुलाले ट्रम्पसँग कुरा गर्नु ‘अपमान हुने’ बताए ।

हाल अमेरिकाले ब्राजिलबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ । ब्राजिलले यसको बदलामा अमेरिकी सामानमा भन्सार शुल्क बढाउने कुनै घोषणा नगर्ने पनि उनले बताए ।

उनले मन्त्रिपरिषद् स्तरमा अमेरिकासँग कुरा भइरहेको पनि लुलाको भनाइ छ । यद्यपि उनले ह्वाइट हाउसमा फोन गरेर ट्रम्पसँग वार्ता गर्न भने अस्वीकार गरेका छन् ।

‘जब मेरो भित्रि मनले ट्रम्प कुरा गर्न तयार रहेको भन्छ, म उनलाई फोन गर्न हिचकिचाउने छैन ।’ उनले भने, ‘तर आज मेरो भित्रि मनले उनी कुराकानीका लागि तयार छैनन् भन्छ । र, म आफ्नै अपमान गर्दिनँ ।’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : २० बजे

यौनकर्मीको कथामा बनेको फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा