कच्चा पदार्थको गुणस्तर र औषधिको वैज्ञानिक मापदण्ड पालना गर्न विभागको १० बुँदे निर्देशन  « Khabarhub

कच्चा पदार्थको गुणस्तर र औषधिको वैज्ञानिक मापदण्ड पालना गर्न विभागको १० बुँदे निर्देशन 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि उद्योग र पैठारीकर्ताहरूलाई कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधिको अन्य वैज्ञानिक पक्षमा तोकिएको मापदण्ड पालना गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

सार्वजनिक सूचना प्रकाशन गर्दै कच्चा पदार्थ र औषधिको गुणस्तरका कायम राख्न विभागले १० बुँदे निर्देशन दिएको हो । साउन १८ गते औषधि र कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्दा औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरू (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीन वटा स्रोतको विवरण पेस गर्नुपर्ने विभागले निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार अब नन फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेस गर्नुपर्नेछ ।

औषधि बिक्री वितरण दर्ता प्रमाणपत्रको आवेदन दिँदा कम्तीमा दुई ब्याच औषधि उत्पादन गरेको कागजात पेस गर्नुपर्ने छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रकाशन गरेको कार्यपत्रअनुसार अब ओरल लिक्युड प्रिपेरेसनमा डायथेलेन ग्लाइकल र इथाइलेन ग्लाइकलको परीक्षण अनिवार्य गरिएको छ ।

विभागले सम्पूर्ण औषधि उत्पादक र पैठारीकर्तालाई यो निर्देशन पालना गर्न भनेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : ५६ बजे

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

काठमाडौं– एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा

नेप्से परिसूचकमा ७४ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अंकले

बादलको पक्षमा छन् ओली, दलको नेतामा सुहाङ र राजेन्द्रको पनि दाबी

काठमाडौं- नेकपा एमालेले संसदीय दलको नेता चुन्न बसेको बैठकमा पाका

काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ