सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए « Khabarhub

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन् ।

यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि यहाँ आएका भक्तजनहरुलाई निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताए ।

गुल्मले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ ।

सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेनाको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : १२ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी