भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति | Khabarhub Khabarhub

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ४३८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

महानगरमा आज आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले छात्रवृत्ति वितरण गरेका हुन् । छात्रवृत्ति पाउनेमा जेहन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अल्पसङ्ख्यक तथा सिमान्तकृततर्फ नौ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका हुन् । साथै छात्रवृत्ति पाउनेमा अपाङ्ग १३ जना, जनआन्दोलन घाइतेतर्फ सहिद एवं बेपत्ता परिवारका १३ जना छन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा विज्ञान विषय अध्ययन गर्ने तीन सय ३० जना र अन्य विषयका एक सय आठ जना रहेका छन् । विज्ञान विषय अध्ययन गर्नेतर्फ एक सय ६५ जना छात्रा, एक सय ६५ जना छात्र र अन्यतर्फ ५४ जना छात्रा, ५४ जना छात्र रहेको महानगर शिक्षा महाशाखाका प्रमुख सुवाषचन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार एक हजार एक सय ६१ जना विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन दिएका छन् ।

निवेदन दिएका मध्येबाट छनोट गरी महानगरपालिकाभित्र कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिएको हो । जसमध्ये सामुदायिक विद्यालयका दुई सय २० जना र संस्थागत विद्यालयका दुई सय १८ जना विद्यार्थी छन् ।

महानगर प्रमुख दाहालले शैक्षिक गुणस्तरमा महानगरपालिकाले फड्को मारेको बताए । हरेक वर्ष एसइई परीक्षा उत्तिर्ण गरेर कक्षा ११ मा अध्ययन गर्ने विभिन्न समुदायका विद्यार्थीलाई महानगरले छात्रवृत्ति प्रदान गर्दै आएको उनले बताए ।

महानगर उपप्रमुख अधिकारीले विद्यार्थीको भविष्यप्रति महानगर जिम्मेवार भएर प्रस्तुत भएको बताए । छात्रवृत्तिले गर्दा विपन्न परिवारका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन सहज भएको उनको भनाइ छ ।

महानगरपालिकाभित्र ९१ वटा विद्यालय सञ्चालनमा छन् । शैक्षिक सत्र २०८२ मा महानगरपालिकाभित्रका विद्यालयमा कक्षा १० सम्म ५१ हजार ६७ जना र कक्षा ११ र १२ मा आठ हजार पाँचसय ९४ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : २२ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा