देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना « Khabarhub

देशभरको मौसम बदली, यी भूभागमा भारी वर्षाको सम्भावना


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ ।

महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ५५ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित