पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका « Khabarhub

पल शाहको फिल्म ‘मोहर’ हेर्ने ९ दर्शकलाई ‘सुनको मोहर’ जित्ने मौका


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म ‘मोहर’ले भाग्यशाली ९ दर्शकलाई ‘सुनको मोहर’ दिने घोषणा गरेको छ ।

हलमा पुगेर यो फिल्म हेर्ने ९ दर्शकले लक्की ड्रमार्फत् सुनको मोहर पाउने निर्माण पक्षले आइतबार घोषणा गरेको हो ।

चितनवको म्याङ्गो हलका तीन, सिटी स्क्वायर, कीर्तिपुर सिनेप्लेक्स र रञ्जना सिनेप्लेक्सका दुई-दुई गरी ९ दर्शकलाई मोहर दिन लागिएको हो ।

निर्माण पक्षका अनुसार ‘मोहर’ पाउने दर्शक लक्की ड्रबाट चयन हुनेछन् ।

मोहर जित्नका लागि दर्शक प्रक्रियामा जानुपर्नेछ । माथि तोकिएका फिल्म हलमा एक बक्स राखिएको छ । फिल्म हेर्न आफूले लिएको टिकटको पछाडिपछि नाम र नम्बर लेखेर उक्त बक्समा राख्नुपर्नेछ ।

भदौ २३ गते असोज ११ गतेसम्म फिल्म हेर्ने दर्शक मात्रै यस लक्की ड्रमा सहभागी हुन पाउने निर्माण पक्षले बताएको छ ।

लक्की ड्रबाट विजेता चयन गरी ‘सुनको मोहर’ फिल्म प्रदर्शनको ५१ दिने कार्यक्रममा वितरण गरिने निर्माण पक्षले जनाएको छ ।

‘मोहर’ भदौ २३ देखि प्रदर्शनरत छ । चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यस फिल्मले ५ करोडभन्दा बढी व्यापार गरिसकेको छ ।

यो आँकडालाई हिट मान्ने प्रचलन छ । सँगै यो ‘मोहर’ यस वर्षेको दोस्रो हिट फिल्म बनेको छ ।

यस फिल्ममा पलसहित नायिका नीति शाह र बेनिशा हमाल शीर्ष भूमिकामा छन् । ओम प्रतीकको लेखन र निर्देशनमा यो फिल्म बनेको हो । निर्माता चुम्बन जंग शाही हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ४८ बजे

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु