एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशन : अध्यक्ष ओली, महासचिव पोखरेल र उपाध्यक्ष पौडेलको प्रतिवेदन सर्वसम्मतिले पास


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीकोसहित तीनवटै प्रतिवेदन पास भएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरू भएको महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथि शनिबार दिनभर छलफलपछि आइतबार अपरान्ह सर्वसम्मतिले पास भएका हुन् ।

प्रतिवेदनमाथि छलफलका लागि १० वटा समूह बनाइएको थियो । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह थियो ।

विधान महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले पेश गरेको प्रतिवेदन पनि पास भइसकेको छ।

प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आआफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश दिएका थिए । दश समूहमा सबै प्रतिवेदनमाथि छलफल भएको हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : १९ बजे

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको

सरकारले निर्वाचनको वातावरण बनाए कांग्रेस सहभागी हुन्छ : कार्यवाहक सभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनको वातावरण