जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन « Khabarhub

जेनजीलाई समर्थन गर्दै शेखरले सरकारलाई भने- नत्र पछुताउनुको विकल्प रहने छैन


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनरेसन जेड (जेनजी) पुस्ताको आन्दोलनलाई सकारात्मक भन्दै उनीहरूको आवाज सुन्न सरकारसँग आग्रह गरेका छन्।

फेसबुकमार्फत् उनले भनेका छन्, ‘राजनीतिक दाउपेचको खासै मतलब नगर्ने, देशमै बसेर केही गर्छु भन्ने जेनजेड पुस्ताका होनहार युवाहरू सरकारको सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु, सरकारले बस्ने र उनीहरूबीचको सोचाइको अन्तर हो।’

कोइरालाले युवाको आवाज सुन्ने हिम्मत गर्नुपर्ने र आफैंलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिँदै भने, ‘नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहने छैन।’

सामाजिक सञ्जाल नियमनका विषयमा सरकारले चालेको कदमविरुद्ध पछिल्ला दिनहरूमा देशभर जेनजेड पुस्ता सडकमा उत्रिएका छन्। कोइरालाको अभिव्यक्ति यसै आन्दोलनसँग जोडिएको मानिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ३७ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व संकलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२-८३ को

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको