पाकिस्तानमा आतङ्कवाद र हिंसा बढ्यो : सिआरएसएस « Khabarhub

पाकिस्तानमा आतङ्कवाद र हिंसा बढ्यो : सिआरएसएस


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा विगत तीन महिनामा आङ्ंकवादी आक्रमण बढेको एक अध्ययनले देखाएको छ । इस्लामाबादस्थित एक प्रवुद्ध समूहले सोमबार यस्तो बताएको हो ।

सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस) ले अघिल्लो तीन महिनाको तुलनामा नागरिक, सुरक्षाकर्मी र लडाकूसहितको मृत्यु दरमा ४६ प्रतिशतले वृद्धि भएको जनाएको छ।

यो वर्ष हिंसाको अवस्था सन् २०२४ भन्दा बढी घातक हुने बाटोमा छ । यो बर्ष एक दशकको सबैभन्दा बढी हिंसात्मक वर्ष बनेको छ।

पाकिस्तानको सेनाले आफ्नो पश्चिमी सीमामा आतङ्कवादी समूहहरूसँग लडिरहेको छ, उत्तरपश्चिममा पाकिस्तानी तालिबान सक्रिय छ र दक्षिणपश्चिममा बलुच पृथकतावादी समूहहरू अधिकांश आक्रमणहरूमा सहभागी भएका छन्।

सिआरएसएसले भनेको छ, “यो वृद्धिले उग्रवादी हिंसाको तीव्रता र आतङ्कवादविरूद्धको कारबाहीको विस्तारित मात्रालाई प्रतिबिम्बित गर्दछ।”

सन् २०२१ मा छिमेकी अफगानिस्तानबाट अमेरिकी नेतृत्वको सेना फिर्ता भएयता आक्रमणहरू बढेका छन्, पाकिस्तान सरकारले अफगान तालिबान अधिकारीहरूलाई आतङ्ककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा लडाकू समूहका लागि ‘आश्रय दिने वातावरण’ बढेको भन्दै आतङ्कवादलाई परास्त गर्न सहयोग गर्न आग्रह गरेको छ।

पाकिस्तानी सरकारी अधिकारीहरूले नाम नबताउने सर्तमा सेप्टेम्बरमा एएफपीसँग भनेका थिए, “हालैका महिनाहरूमा पाकिस्तानी तालिबान लडाकूहरूको उपस्थिति बढेको छ।”

सोही महिना विपक्षी सांसदहरूले पाकिस्तानी सेनाले बालबालिकाको हत्या गर्ने आतङ्ककारी लुकेका स्थानहरूमा हवाई आक्रमण गरेको आरोप लगाएका थिए। सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन ।

व्यापक आतंकवाद विरोधी अभियानहरूले नागरिकहरूलाई हानि पुर्याउने जोखिम रहेको स्थानीय गाउँ परिषद्हरूले बारम्बार चेतावनी दिएका छन् ।

प्रवुद्ध समूहका अनुसार सन् २०२५ को पहिलो नौ महिनामा दुई हजार ४१४ जनाको मृत्यु भएको थियो र यो सन् २०२४ मा रिपोर्ट गरिएको दुई हजार ५४६ मृत्यु सङ्ख्याको नजिक हो। रासस/एएफपी

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ७ : ५२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग